Loading...

कीर्तिपुर दसैं महोत्सव २०७४ आयोजना हुने

दसैंको अवसर पारेर कीर्तिपुरमा तेस्रो कीर्तिपुर दसै महोत्सव–२०७४ आयोजना गरिने भएको छ। राईज म्युजिक, औद्योगीक शान्ति नेपाल संस्था, राजकमल महर्जन तथा शशिर महर्जनले यही भदौ २८ गते बुधवारदेखि असोज ११ गतेसम्म कीर्तिपुरमा यो सांस्कृतिक महोत्सव आयोजना गर्ने घोषणा गरेका हुन्। शुक्रवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट तेस्रो पटक आयोजना हुने यो महोत्सवलाई सांस्कृतिक महोत्सवको रुपमा सञ्चालन गरिने जानकारी गराइयो।

दुई साता लामो महोत्सव कीर्तिपुरको कीर्तिपुर फुटबल ग्राउण्डमा सञ्चालन हुनेछ। आयोजक संस्थामध्येको एक औद्योगिक शान्ति नेपाल संस्थाका सन्दिप महतका अनुसार महोत्सवमा एक सय चालिस वटा स्टलहरु रहने छन्।

राइज म्युजिकका बिनोद सिंहका अनुसार महोत्सवमा कीर्तिपुर नगरपालिकाका १ं० वटा वडाका लागि एक–एक वटा स्टलहरुको व्यवस्था गरिएको छ। ती स्टलमा कीर्तिपुरको मौलिकता झल्कने सामाग्रीहरु प्रदर्शन गरिने छ।

महोत्सव दसैंको किनमेलका लागि राम्रो गन्तब्य हुने आयोजक मध्येका एक राजकमल महर्जनले बताएका छन्। महोत्सवमा कीर्तिपुरका देवी–देवता नृत्यसहित परम्परागत नृत्यहरु प्रस्तुत गरिने छ। यसका साथै महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमहरु पनि समावेश गरिने छ। महोत्सवमा कीर्तिपुरका संस्कृति र परम्परा झल्कने प्रस्तुतीहरु समावेश गरिने छन्। उक्त अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम, मनोरञ्जनात्मक खेलहरु, परम्परागत नेवारी परिकारहरुको फुड फेष्टिवल पनि रहेन छ।

कार्यक्रममा लोकप्रिय हास्य कलाकारहरुको प्रस्तुतीका साथै बाल मनोरञ्जनाका सामग्रीहरु पनि समावेश गरिने छन् भने लोकप्रिय गायक, गायिका तथा कलाकारहरुले आफ्नो मनोरञ्जनात्मक प्रस्तुती दिनेछन्। महोत्सवकै क्रममा कीर्तिपुर नृत्य प्रतियोगिता पनि सञ्चालन गरिने आयोजकले बताएका छन्।

महोत्वसको दोस्रो दिन बाल दिवसको अवसर पारेर हास्य कलाकार तथा जादूगर महादेव त्रिपाठीले एक प्रस्तुत दिने छन्। महोत्सवमा ’द रोयल्स ब्याण्ड’ ले अफिसियल ब्याण्डको रुपमा महोत्सवमा आयोजना हुने लाइभ कन्सर्टमा सहभागिता जनाउने छ।

YOU MAY LIKE THESE POSTS
Loading...