छिट्टै विवाह गर्न नचाहने युवतीहरुको लागि खुशीको खबर


तीस वर्ष भन्दा माथिका महिलाहरुमा यतिवेला भविष्यका लागि आफ्नो डिम्ब सुरक्षित राख्ने होड चलेको छ। आधुनिक जमानाका महिलाहरुमा छिट्टै विवाह गर्ने चलन हट्दै गएको र उमेर बढ्दै गएपछि प्रजनन क्षमता पनि कम हुदै जाने भएकाले उमेरमा नै डिम्ब संकलन गरेर सुरक्षित राख्ने होड चलेको हो।

Shuvaweddings

चालिसको उमेरसम्म विवाह गर्न नचाहने र आमा बन्नु भन्दा पनि आफ्नो क्यारीअरलाई महत्व दिने महिलाको सङ्ख्यामा वृद्धि हुदै गएपछी त्यस्ता महिलाहरुले आवश्यक परेको वेलाम आफ्नो डिम्ब उपायेग गर्न यतिवेला डिम्ब सुरक्षित राख्ने गरेको एक अध्ययनले देखाएको छ।

बेल्जियमको एउटा किल्निकले महिलाहरुमा गरेको एक अध्ययनले सो कुरा पत्ता लगाएको हो। अध्ययनमा सहभागि हजारौ महिलाहरुमध्ये आधाभन्दा बढी महिलाहरुले तीस वर्षको उमेर पछि डिम्बको सुरक्षित राख्ने पद्धति अपनाएको बताएका छन्। उनिहरुले डिम्ब सुरक्षित गरेर राखेपछि छिट्टै विवाह गर्नु नपर्ने र आफ्नो क्यारीयर राम्रो पार्न सक्ने जवाफ दिएका थिए।

अध्ययनमा सहभागि मध्ये एकतिहाइमा भने भविष्यमा गएर बच्चा नै जन्माउन नसक्ने अवस्था आउने हो की भन्ने डर समेत रहेकाले तीसको उमेरमानै डिम्ब सुरक्षित राख्नु परेको बताएका छन्।

Loading...

यसैगरी, युकेमा गरीएको अर्को अध्ययनले धेरै महिलाहरु आमा बन्नु भन्दा पहिला आफ्नो क्यारीयर बनाउन इच्छुक रहेको कुरा देखाएको छ। दुई हजार भन्दा बढी छात्राहरुमा गरीएको उक्त अनुसन्धानमा ८० प्रतिसत छात्राले पहिला क्यारीएर बनाएर मात्र आमा बन्ने इच्छा रहेको र यस्का लागि डिम्ब सुरक्षित राख्न चाहेको कुरा व्यक्त गरेका छन्।

अध्ययनले पहिलानै सुरक्षित गरिएको डिम्ब भविष्यमा आइविएफ चिकित्सा प्रणालीको माध्यमवाट प्रयोगमा ल्याउन सकिने कुरा उल्लेख गरेको छ। डिम्ब सुरक्षित राख्ने महिलाहरुमा अधिकासं ३५ वर्ष भन्दा माथि रहेका छन्। अध्ययनले पहिलानै सुरक्षीत राखिएको डिम्बले पछि महिलावाट स्वस्थ्य वच्चा जन्मन्छ वा जन्मदैन भन्ने कुराको पनि अध्ययन भैरहेको जनाएको छ।

‘महिलामा डिम्ब सुरक्षित गर्ने होड चनेलपछि त्यसवाट पछी कस्तो बच्चा जन्मन्छ भन्ने अध्ययन गर्न आवश्यक भएकाले क्लिनिकले त्यस्को अध्ययनका लागि कार्य शुरु गरीसकेको छ’, अध्ययन प्रतिवेदनमा भनिएको छ। – एजेन्सी

YOU MAY LIKE THESE POSTS
Loading...