अहिलेसम्म सुल्झाउन नसकिएका ८ रहस्यहरु


हाम्रा वरिपरि केही यस्ता रहस्य छन् जुन अहिले पनि सुल्झिन सकेका छैनन्। मृत्युको रहस्य र जीवनको उत्पत्तिको रहस्य अहिलेसम्म पनि कसैले जान्न सकेको छैन।

Unsolve-Mystery-Featured

हुन त मृत्यु र जीवनको बारेमा बताउनका लागि थुप्रै कथाहरु रचिएका छन्। हाम्रो जीवनमा हामीले दैनिक रुपमा धेरै कुराहरु देख्ने र सुन्ने गर्छौं। तीमध्ये यस्ता थुप्रै कुराहरु सामान्य हुन्छन् भने कुनै निकै अचम्मका। यदि तपाईं यी कुराहरुको वैज्ञानिक कारण जान्न चाहनुहुन्छ भने पनि तपाईंलाई विज्ञानले यसको उत्तर दिन सकेको छैन।

१. बरमूडा त्रिकोणको रहस्यः ‘डेथ ट्र्याप ट्राइंगल’ मा विमान र जहाज कसरी हराउँछन्, यो एक रहस्य बनेको छ। जो वैज्ञानिक यसको खोजीमा निस्किएका थिए उनीहरु बारे अहिलेसम्म केही जानकारी पाउन सकिएको छैन । यो पृथ्वीको सबैभन्दा ठूलो रहस्यमयी ठाउँ हो।

Unsolve-Mystery-1

२. आन्तरिक ज्ञानः के तपाईंलाई थाहा छ, तपाईंको अन्र्तमनको कुरा सधैं सही हुन्छ ? यो एक व्यक्तिको अन्र्तदृष्टिले कसरी काम गर्दछ भन्ने मनोवैज्ञानिकका लागि पनि रहस्यको विषय बनेको छ।

Unsolve-Mystery-2

३. भुत प्रेत: भूत छ कि छैन भन्ने बारेको बहस वर्षौंदेखि चलिआएको छ। विभिन्न अनुसन्धान गरिए तापनि यसबारे केही ठोस् प्रमाण फेला परेको छैन। विज्ञानले भूतको अस्तित्वलाई ठाडै अस्विकार गरेको छ तर धेरै मानिसहरुले भने आफूले भूतलाई देखेको बताउने गरेका छन्।

Unsolve-Mystery-3

४. के एलियन्स छन् त ? थुप्रै मानिसहरुले उडनतस्तर (यु एफ ओ) र एलियन्स देखेको बताउने गरेपनि उनीहरुको अस्तित्व अहिले पनि रहस्य नै छ। विज्ञानसँग पनि यसको कुनै जवाफ छैन।

Unsolve-Mystery-4

५. चुम्बकीय ध्रुवः यो पनि विज्ञानको एक नसुल्झिएको रहस्य हो। तपाईं चुम्बकलाई चाहे जतिसुकै सानो टुक्रा बनाउनुस् यसको उत्तरी र दक्षिणी ध्रुव हुने नै गर्छ।

Unsolve-Mystery-5

६. पंक्षीहरुको वासस्थान : पंक्षीहरु कुनै विशेष मौसममा एक स्थानबाट अर्को स्थानमा किन जान्छन् त्यो कसैले पनि बुझेको छैन। उनीहरुसँग कुनै नेभिगेसन टूल पनि हुँदैन तर पनि उनीहरु त्यस ठाउँमा कसरी पुग्छन् ? यो सोचनीय छ।

Unsolve-Mystery-6

७. अक्सिजन बिना पनि जिउदै: कुनै ब्याक्टेरिया र प्रजातिहरु अक्सिजन बिना नै जिउँदो रहन्छन् भन्ने के तपाईंलाई थाहा छ ? यी जीवहरु अक्सिजन नभएको स्थितीमा पनि जिउँदो हुने कुरा वैज्ञानिकहरुले पनि पत्ता लगाउन सकेका छैनन्।

Unsolve-Mystery-7

८. हाई गर्नुः दिक्क लाग्दा र थकान हुँदा हामी हाई गर्छौं। तर यसको कुनै तथ्यपरक जवाफ कोही सँग पनि छैन। यद्यपी मानिसहरुका अनुसार शरिरमा अक्सिजनको कमीका कारण यस्तो हुने गर्दछ। तर यसको कुनै प्रमाण छैन।

Unsolve-Mystery-8