कलाको माध्यमबाट अभिव्यक्ति स्वतन्त्रता, सचेतना, मानवीय र सामाजिक उत्तरदायित्वसहितको विषयबस्तु केलाऊँदै कलाकारले कोरेका चित्रहरुको प्रदर्शनी राजधानीमा सोमबारबाट शुरु भएको छ। बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरु भएको प्रदर्शनीको उद्घाटन म्यागासेसे पुरस्कार विजेता तथा समाजसेवी महावीर पुनले उद्घाटन गरे।

Art-Exibition-4

‘भी-नाइन्टिन’ शिर्षकको प्रदर्शनीमा १९ जना कलाकारहरु सहभागी छन्। यो प्रदर्शनीमा राखिएका कलाकारहरुका चित्रहरुको विक्रीबाट प्राप्त हुने कुल रकमको पचास प्रतिशत रकम महावीर पुनले स्थापना गर्न लागेको राष्ट्रिय आविष्कार केन्द्रको स्थापनार्थ सहयोग स्वरुप प्रदान गर्ने बताइएको छ। उदघाटनकै दिन बेबिलोन नेशनल स्कुलले कलाकार जया शर्माकोे चित्र खरिद गरेको छ।

Art-Exibition-3

प्रदर्शनीको उदघाटन गर्दै समाजसेवी महावीर पुनले कलाकारले कलाको माध्यमबाट आाफ्नो अभियानलाई साथ दिएकोमा खुशी व्यक्त गर्दै आफ्ना बारे केही सञ्चारमाध्यममा आएको नकारात्मक कुराहरु सबै झुटो भएको बताए।

Art-Exibition-1

कला समिक्षक तथा वरिष्ठ कलाकार रमेश खनालले विविध विषयलाई समेटिएको चित्रले सामाजिक व्यंग्य र स्वकल्पना प्रस्तुत गरेको बताए। ‘चित्रले वैचारिक सम्प्रेषण पनि गरेकेा छ, कतिले प्रभाववान, सिम्बोलिक, यथार्थवादी किसिमका चित्रहरु बनाएका छन्,’उनले भने,’कलाकारले विगतको भन्दा राम्रो चित्र बनाएका छन्, तर यति नै पर्याप्त छैन्, उनीहरुले अझ राम्रा चित्र बनाउनुपर्नेछ।’

Art-Exibition-5

प्रदर्शनी हेर्न पुगेका प्रदर्शोन्मूख फिल्म ‘गााठो’का प्रमुख कलाकार नाजिर हुसेनले आफुले उक्त फिल्ममा चित्रकारको भूमिकामा अभिनय गरेको खुलाउादै नेपाली कला प्रति आफ्नो रुची भएको बताए। ‘मलाई कलाकारको रचना एकदमै मनपर्छन, उनीहरुको कलर संयोजनबाट म प्रभावित छु’ उनले भने।

Art-Exibition-2

प्रदर्शनीमा अनिल महर्जन, भुफान लिम्बु, विकास श्रेष्ठ, विक्कुकुमार थापा, दीपाञ्जलीराज भण्डारी, ध्रुवराज शर्मा, दीपक मेहता, जया शर्मा, जुजुकाजी श्रेष्ठ, काजी राना, लक्ष्मी मगर, मन गुरुङ, ओमप्रकाश गुरुङ, प्रमिला लामा, रितु थापा, शोभा तिवारी, सुदेशा श्रेष्ठ, उमा खड्का र उपकार हमालका चित्र छन्।

प्रदर्शनीमा १० हजारदेखि २ लाख मूल्यसम्म पर्ने ७३ वटा चित्रहरु राखिएका छन्। प्रदर्शनी साउन २८ गतेसम्म चल्नेछ।

RELATED POSTS

  • sorry ! no posts found

RECENT POSTS